२०८१ असोज ११ गते १२:४९ विकासन्युज
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘मह जात्रा’ नामक प्रहसनको टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ ।
‘मह जात्रा’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न कलाकारहरूकाे प्रस्तुति रहनेछ ।
‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्तिक २९ देखि प्रदर्शन हुनेछ ।
खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइटमार्फत सजिलै खरिद गर्न सक्नेछन् ।
दस वर्ष लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा मह जोडीको साथ किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्लेलगायत कलाकारहरू आउनेछन् ।
खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.