२०८१ असोज ११ गते १७:४३ विकासन्युज
काठमाडौं । नेपालीहरूकाे महान पर्व दशैं आँगनमै आइसकेकाे छ । दशैंतिहार र छठ जस्ता पर्वकाे अवसरमा विभिन्न कम्पनी, बैंक, वित्तीय संघसंस्थाहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेका छन् । यसैक्रममा गाडी कम्पनीहरूले पनि नि:शुल्क इन्साेरेन्सदेखि १५ लाख रुपैयाँ क्यास डिस्काउन्टसम्मका योजना ल्याएका छन् ।
हेरौं कुन ब्राण्डको गाडीमा के छ अफर ?
हुण्डाई
हुण्डाईका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेस्टिभ डिलाइट अफर ल्याएको छ । उक्त अफरमा नि:शुल्क बीमा सेवादेखि हुण्डाईको भेन्यू कार जित्ने मौका रहेको छ ।
कम्पनीका अनुसार हुण्डाईको कुनै पनि गाडी खरिद गर्दा गोलाप्रथाको माध्यमबाट बम्पर उपहारमा हुण्डाईको भेन्यू कार जित्न सकिने छ । १० लाख क्यास डिस्काउन्टसँगै एक लाख रुपैयाँ थप डिस्काउण्टको सुविधा रहेको छ ।
यसैगरी, एक वर्षको बीमा र कर कम्पनीले नै तिरिदिने जनाएको छ ।
टाटा
नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदीले टाटासँग दशैं धुमधाम, यूरोप घुमघाम अफर ल्याएको छ । अफरअन्तर्गत टाटको नेक्सन गाडी खरिद गर्दा एक जोडीले सित्तैमा यूरोप घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
बीवाईडी
चाडपर्वको अवसरमा बीवाईडीको गाडी किन्दा तीनवटा अफर पाइने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर सार्वजनिक गरेको हो ।
एक वर्षसम्मको बीमा सेवा, भेहिकल टु लोन र २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराउने अफर कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार बीवाईडी अट्टो ३ र बीवाईडी डल्फीन गाडी खरिद गर्दा उक्त अफर पाइने छ ।
सुजुकी
दशैंतिहारको अवसरमा सुजुकीको गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुटदेखि नि:शुल्क बीमाको सुविधा पाइने छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले चाडपर्वलक्षित सार्वजनिक गरेको अफरमा उक्त सुविधा रहेको छ ।
यसका साथै उक्त अफरमा एक्चेन्ज बोनस २ लाख रुपैयाँसम्म, लोयल्टी बोनस २० हजार रुपैयाँसम्म र विभिन्न एसेसोरिजहरू नि:शुल्क पाइने छ ।
आयोन
नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटोर्सले फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत आयोन वाई गाडी ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने छ ।
जीकर
नेपालका लागि जीकर गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ अफर ल्याएको छ । जसअन्तर्गत जीकर एक्स गाडी खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै एक्सचेन्ज बोनस ५ लाख रुपैयाँ दिने कम्पनीले जनाएको छ ।
आइचर
आइचरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेको छ ।
गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा, शून्य सेवा लागत तथा टुर प्याकेज, ल्यापटप, प्रोजेक्टर योजनामा समावेश गरिएका छन् ।
यो योजना यही असोज १ गतेदेखि नेपाल अधिराज्यभर लागू भइसकेकाे नेपालमा आइचरको आधिकारीक बिक्रेता कम्पनी एमएडब्लुले जनाएको छ ।
विलिङ
नेपालका लागि विलिङ गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले विलिङको बिङ्गो गाडीमा छुट अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत बिङ्गो ईभी गाडी छुटसहित २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको छ ।
नेटा
चाडपर्वको अवसरमा नेटा गाडी खरिद गर्दा सित्तैमा इन्डाेनेशियाकाे बाली घुम्न पाइने भएको छ । सीजी मोटर्सले नेटा भी गाडी खरिद गर्नेले बाली घुम्ने अवसर पाउने जनाएको छ । यसका साथै कम्पनीले स्योर सर्ट क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस पनि दिने घोषणा गरेको छ ।
निसान
निसानको कुनै पनि गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स, कर, ती वर्षको सर्भिसिङ र ३ वर्षको वारेन्टी सुविधा पाइने छ । यसका साथै १५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था पनि रहेको छ ।
नेपालका लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले चाडपर्वमा निसानको गाडी गरिद गर्नेका लागि यस्तो अफर ल्याएको हो ।
किया
चाडपर्वको अवसरमा कियाको गाडी खरिद गर्दा ४ लाख रुपैयाँ छुटदेखि नि:शुल्क बीमाको सुविधासम्म पाइने छ । नेपालको लागि कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल एसोशिएट्सले एक वर्षको कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ । यसका साथै २ लाख रुपैयाँसम्म एक्सचेन्स अफरको सुविधा पनि रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.