थाइल्यान्डदेखि हङकङसम्मको स्याम्फुले नुहाउँछन् नेपाली, २ महिनामा साढे २३ करोडको आयात

  २०८१ असोज ११ गते १९:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ) मा २३ करोड ६४ लाख ८९ हजार रुपैयाँको स्याम्फु आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार २७ वटा देशबाट ४ लाख ९१ हजार ७३६ लिटर स्याम्फु नेपाल भित्रिएको हो ।

जसमध्ये बसैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ५ करोड ४३ लाख ७२ हजार रुपैयाँको १ लाख ५० हजार ७३५ लिटर स्याम्फु आयात भएको छ ।

यसैगरी, थाइल्याण्डबाट ८३ लाख ३६ हजार रुपैयाँको १८ हजार ४९२ लिटर, भियतनामबाट ७७ लाख २६ हजार रुपैयाँको ५ हजार ८० लिटर, दक्षिन कोरियाबाट २४ हजार २४ लाख रुपैयाँको ४ हजार ४७३ लिटर र अमेरिकाबाट १० लाख ४० हजार रुपैयाँको १ हजार २९५ लिटर स्याम्फु आयात भएको विभागले जनाएको छ ।

त्यसैगरी, यूएईबाट ९ लाख ७१ हजार रुपैयाँको ३ हजार १४७ लिटर, इजीप्टबाट ५ लाख ७८ रुपैयाँको १ हजार ८० लिटर, जर्मनीबाट ५ लाख ४१ हजार रुपैयाँको ३५० लिटर, बेलायतबाट ४ लाख ९४ हजार रुपैयाँको ४३२ लिटर, कतारबाट ३ लाख ३५ हजार रुपैयाँको ८२६ लिटर, जापानबाट ३ लाख ३७ हजार रुपैयाँको ६६ लिटर, डेनमार्कबाट २ लाख ६४ हजार रुपैयाँको १०८ लिटर, मलेसियाबाट २ लाख १९ हजारको २०५ लिटर, अस्ट्रेलियाबाट १ लाख ७६ हजार रुपैयाँको ३८ लिटर, इटलीबाट १ लाख ३८ हजार रुपैयाँको १३७ लिटर र मेक्सिकोबाट २ लाख २० हजारको १७८ लिटर स्याम्फु आयात भएको छ ।

यस्तै, कुवेतबाट ७६ हजार रुपैयाँको १५९ लिटर, साउदी अरबबाट ४७ हजारको ५७ लिटर, पाकिस्तानबाट ३३ हजारको ८६ लिटर, ओमनबाट १५ हजारको ४९ लिटर, इजरेलबाट ६ हजारको ४ लिटर, फ्रान्सबाट ४ हजारको १ लिटर, साइप्रसबाट ४ हजारको ६ लिटर, ताइवानबाट ४ हजारको १ लिटर र हङकङबाट १ हजार रुपैयाँको ३ लिटर स्याम्फु आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.