कुलेखानीको ड्याम भरियो, २ वटा गेट खोल्ने तयारी

  २०८१ असोज १२ गते ६:१३     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिएको हो । शनिवार बिहान ४ः ५० बजेदेखि बाँध भरिएको हो ।

हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ । कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालका अनुसार कुलेखानी ड्याम भरिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गरे ।

ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.