२०८१ असोज १३ गते ८:४७ विकासन्युज
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थागत संस्थापक सेयरधनी स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो ।
कम्पनीले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सेयरको मूल्य १८५ रुपैयाँ तोकिएको छ ।
कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १३ गतेदेखि असोज २० गतेम्मि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतमा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.