अम्बानीले एक कर्मचारीलाई दिन्छन् २४ करोड भारु तलब, नेपाली बैंकरको भन्दा सेफको कमाइ बढी

  २०८१ असोज १३ गते ११:०५     विकासन्युज

काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी आफ्नो विलासी जीवनशैलीका लागि परिचित छन् । तर, के तपाईंलाई थाहा छ उनको घरका शेफले कति तलब पाउँछन् ?

रिपोर्टका अनुसार मुकेश अम्बानीका शेफले हरेक महिना करिब २ लाख भारु पाउँछन् । यसबाहेक उनीहरूलाई स्वास्थ्य बीमा र उनीहरूको परिवारको लागि शिक्षा सहयोगजस्ता अतिरिक्त सुविधाहरू पनि दिइएको छ ।

नीता अम्बानीले एक अन्तर्वार्तामा भनेकी थिइन् कि आफ्नो व्यस्त तालिकाको बावजुद मुकेशले सधैं आफ्नो परिवारसँग डिनर गर्न समय निकाल्छन् । परिवारसँग खाना खानु उनीहरूको दैनिक दिनचर्याको एक महत्त्वपूर्ण भाग हो, जसले सँगै बस्नुको महत्त्व देखाउँछ ।

मुकेश अम्बानी शाकाहारी हुन् । मुकेशलाई स्ट्रीट फूड, विशेषगरी सेभ पुरी र अन्य मसालेदार खाजा मन पर्छ । उनी मुम्बईको लोकप्रिय रेस्टुरेन्ट ‘स्वाती स्न्याक्स’ बाट पनि खाना अर्डर गर्न मन पराउँछन् । तिनीहरूको परिवारमा सामान्यतया दाल, रोटी र भात जस्ता परम्परागत भारतीय खानाहरू समावेश हुन्छन् ।

मुकेशले सेफका लागि दिने पैसा नेपाली ३ लाख २० हजार हुन्छ । जसको वार्षिक तलब ३८ लाख ४० हजार रुपैयाँ हुन आउँछ । जुन नेपाली बैंकरको हाराहारीमा हो । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब यो भन्दा पनि कम हुने गरेको छ ।

मुकेश अम्बानीले देशका लाखौं मानिसलाई रोजगारी दिँदै आएका छन् । उनले एक कर्मचारीका लागि सबैभन्दा बढी २४ करोड भारतीय रुपैयाँ दिने गरेका छन् । उनले रिलायन्स कम्पनीमा काम गर्ने निखिल मेसवानीलाई सबैभन्दा बढी तलब दिने गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.