रु रु जलविद्युतको लाभांश घोषणा, बोनसपछि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

  २०८१ असोज १३ गते ११:१०     विकासन्युज

काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्न कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको अध्यक्ष आशिष सुवेदीले जानकारी दिए ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.