भेटायोको दशैं अफर घोषणा, कम मूल्यमै सफा गर्नूहोस् घर

  २०८१ असोज १३ गते १३:१६     विकासन्युज

काठमाडौं । भेटायोले दशैंलक्षित अफर घोषणा गरेको छ ।

भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता काम गर्दै आएकाे छ ।

काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउँदै आएकाे भेटायाेले दशैं लक्षित विभिन्न अफर सार्वजनिक गरेकाे छ ।

भेटायोले दशैंकाे अवसरमा घरको भान्सा एक हजार ३ सय रुपैयाँ र बाथरुम तीन हजार ३ सय ८० रुपैयाँमा मर्मत गर्ने जनाएकाे छ ।

यसैगरी, ८५ रुपैयाँ प्रति किलाेमा सामान्य लुगा धाेइने र डबल सिरक ४ सय रुपैयाँमा धाेइने छ । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेकाे छ ।

तीन हजार रुपैयाँमा घर सफा गरिने पनि भेटायाेले जनाएकाे छ ।

१ हजार ५०० रुपैयाँमा (३ फिट सम्म) वा २ हजार ५०० रुपैयाँमा (३–५ फिट) मा चिम्नी सफा गरिनेछ ।

यसैगरी, टायल्स र मार्बल सफाइ १२ रुपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा) गरिनेछ । साथै एउटा निःशुल्क बाथरूम सफाइ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.