कुमारी बैंक र ट्रष्ट माइक्रोबीच सम्झौता, सजिलो तरिकाले लघु बीमा सेवा प्रदान गर्ने

  २०८१ असोज १४ गते १६:४९     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहकहरूलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हाे ।

ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरूको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् ।

लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस भएको क्षतीलाई पुनः प्राप्ति गर्न मद्दत दिलाउँने कम्पनीको भनाई छ ।

नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.