बाढीले बल्खु तरकारी बजारमा ३ करोडको क्षति

  २०८१ असोज १४ गते १६:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको छ । यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ ।

बजारमा करिब ५ सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैंका लागि २० लाख रुपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.