वर्षा पीडितलाई सहयोग गर्न महासंघको अपिल, जिल्ला उद्योग वाणिज्य संघ मार्फत तत्काल एक/एक लाख राहात

  २०८१ असोज १४ गते १७:३८     विकासन्युज

काठमाडौं । गत साता अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने महासंघले जनाएको छ।

यसका साथै विपदको यस समय आ-आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूणर् उद्यमी व्यवसायीहरुलाई महासंघले आग्रह गरेको छ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ  आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.