विपद्‌ पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

  २०८१ असोज १४ गते १७:५४     विकासन्युज

काठमाडौं । राष्ट्रसंघीय महासभाबाट ११ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।

पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।

‘रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको उनको जवाफ थियो । उनले भने, ‘रेड एलर्ट जारी गरिएको थियो, तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त गएपछि थाहा हुने कुरा भो ।’ उनले काठमाडौंमा यति डुबान हुन्छ भन्ने कल्पना पनि नगिरएकाे बताए ।

प्रधानमन्त्री ओली आफ्नो अमेरिका भ्रमण गाई दुहेर आएजस्तो नभएको प्रतिक्रिया दिए ।

तपाईंको अमेरिका भ्रमणको उपलब्धि के ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म कुनै भैंसी दुहुनु गएर दूध लिएर आएजस्तो होइन । हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.