दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दर्ता, आरोप पुष्टि भए ५ वर्ष कैद हुने

  २०८१ असोज १४ गते १८:०५     विकासन्युज

काठमाडौं । साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर गरेको हो ।

सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्को पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् ।

प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी थिइन् । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.