दशैंको मुखमा हवाई इन्धनको मूल्य ह्वात्तै घट्यो, भाडा घट्ला?

  २०८१ असोज १४ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँले घटाएको हो ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम गरेकाे छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

निगमले दशैंको मुखमा इन्धनको मूल्य घटाएको छ । यसले अब हवाई टिकट पनि घट्ने अनुमान धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.