नेप्सेमा साढे ३ अर्बको बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०८१ असोज १५ गते ७:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ३ अर्ब बढीको बोनस सूचीकृत भएको छ । विभिन्न ८ कम्पनीको ३ अर्ब २९ करोड ९७ लाख ६८ हजार रुपैयाँका ३ करोड २९ लाख ९७ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यसअवधिमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशतका दरले ६ लाख ५३ हजार ६५८ कित्ता, आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरले १ करोड कित्ता, सन नेपाल लाइफको २३.८० प्रतिशतका दरले ७६ लाख १६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशतका दरले ८१ हजार ७६८ कित्ता, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशतका दरले ९ लाख २३ हजार ३५१ कित्ता, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४.७५ प्रतिशतका दरले ६० लाख ८६ हजार ४३३ कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशतका दरले ७४ लाख ३९ हजार २५० कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतका दरले १ लाख ९७ हजार २२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.