२०८१ असोज १५ गते १२:२० विकासन्युज
रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएकाे छ ।
रुसले युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको छ ।
युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू उत्पादन गरिरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौं सैनिकलाई लाभदायक तलब प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत सङ्घको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ ।
सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाका अनुसार पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ ।
रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कूल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ । यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ ।
रुसको संसदमा मस्यौदा बजेट पठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको छ ।
र्थमन्त्री एन्टोन सिलुआनोभले गत मङ्गलबार एक टेलिभिजन सरकारी बैठकमा बजेटको ‘शीर्ष प्राथमिकता’ ‘नागरिकहरूको सामाजिक समर्थन’ रहेकाे बताएका थिए ।
‘राष्ट्रिय रक्षा’ मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.