२०८१ असोज १५ गते १३:०८ विकासन्युज
काठमाडौं । चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको ‘दि एभरेस्ट होटल’ र बबरमहलको इमिरो प्लाजा अर्थात् ‘बसेरा बुटिक होटल’ लाई तीन/तीन लाख रुपैयाँ जरिवाना गरेकाे छ ।
नयाँ बानेश्वरमा रहेको एभरेस्ट होटलको अनुगमनका गर्दा किचनमा म्याद गुज्रेका सामान फेला परेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरिएको हो ।
बबरमहलमा रहेको बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो ।
उपभोक्ताको हितविपरीत व्यवसाय गरिरहेको भेटिएपछि दुवै होटललाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.