‘एप्पल’को जागिर छाडेर निर्मितले बनाए ‘९ हजार करोड’को कम्पनी

  २०८१ असोज १५ गते १५:४१     विकासन्युज

निर्मित पारेख । फाइल तस्बिर ।

काठमाडौं । मुम्बईको मायानगरीमा रहेकाे एक साधारण परिवारका निर्मित पारेखले एप्पलजस्तो ठूलो कम्पनीमा जागिर छोडेर ९ हजार करोडको बिजनेश खडा गर्न सफल भएका छन् ।

उनले ‘अपना’ नामको प्लेटफर्म बनाएका छन् । यसले ब्लु कलर जब (शारीरिक श्रममा आधारित) खोज्नेहरू र कम्पनीहरूलाई जोड्दछ । स्थापना भएकाे २२ महिनामा कम्पनी १.१ बिलियन डलर (लगभग ९ हजार १६ करोड भारु)को भएको छ। आज ‘अपना’ मा १ लाख ५० हजार‍भन्दा बढी कम्पनी दर्ता भएका छन् ।

यसमा अनएकेडेमी, ‍बिगब्यास्केट, लिसियस, ह्वाइटह्याट जुनिअर, फ्लिपकार्ट, जाेमाटाे, डेल्हीवेरीजस्ता ठूला नाम समावेश छन्। काे हुन् निर्मित पारेख? उनकाे बारेमा संक्षिप्तमा जानाैं ।

सानैदेखि केही फरक गर्न चाहना राख्ने

पारेखमा सानैदेखि केही फरक गर्ने विचार थियो । ७ वर्षको उमेरमा उनले डिजिटल घडी बनाएका थिए । त्यसपछि १३ वर्षको उमेरमा उनले रोबोटिक्स प्रोग्रामिङ सिके । पारेखले गुजरातको ‘निरमा इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट बीटेक गरे। २१ वर्षको उमेरमा आफ्नो पहिलो स्टार्टअप सुरु गरे । जसको नाम इन्कोन टेक्नोलोजी थियो । यो कम्पनीले बाढी व्यवस्थापनका लागि समाधान तयार गर्ने गर्दथ्यो ।

स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए

इन्काेनपछि पारेखले क्रक्सबक्स नामको अर्को कम्पनी खोले । पछि उनले यसलाई इन्टेललाई बेचेका थिए । त्यसपछि उनले डाटा एनालिटिक्सको निर्देशकको रूपमा इन्टेलमा काम गर्न थाले । यस अवधिमा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पनि गरे । एमबीए गरेपछि पारेख एप्पल कम्पनीसँग जाेडिए । त्यहाँ उनी आईफोन उत्पादन र रणनीति टोलीको एक हिस्सा बनेका थिए ।

यसरी सुरु भयो ‘अपना’

भारतमा ब्लु कलर जागिरको क्षेत्रमा देखिएको समस्या देखेर पारेखले एप्पलको जागिर छोडेर भारत फर्कने निर्णय गरेका हुन् । उनको उद्देश्य एउटा प्लेटफर्म सिर्जना गर्नु थियो जसले असंगठित ब्लु कलर जबका कामदारहरूलाई रोजगारदाताहरूसँग जोड्न सकाेस् । उनले कोरोना महामारीअघि नै ‘अपना’ सुरु गरेका थिए । ब्लु कलर जब शारीरिक श्रममा आधारित हुन्छ ।

२२ महिनामै धमाका

स्थापना भएको २२ महिनामा अपनाले निकै धमाका गरिसकेकाे छ । कम्पनी १२५ प्रतिशतकाे प्रभावशाली दरमा बढ्दै गइरहेकाे छ ।

अहिले भारतमा १ लाख ५० हजारभन्दा बढी कम्पनीहरूले अपनाकाे प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.