नेप्से परिसूचकमा ११४ अंकको वृद्धि, कारोबार बढेर अर्ब ६१ करोड

  २०८१ असोज १५ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ ।

मंगलबार तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ तीन दशमलव ८३, विकास बैंक पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ ।

लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ ।

मंगलबार १८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको सेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.