बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने

  २०८१ असोज १५ गते १६:३६     विकासन्युज

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुनःस्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताइन् ।

उनले आम नागरिकलाई साझा रूपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेकाे बताइन् ।

सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको ‍उनले जानकारी दिइन् ।

सचेतक बरालले एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताइन् ।

गृह मन्त्रालयले बाढी-पहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएकाे जनाएकाे छ । यसैगरी,  मन्त्रालयले नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएकाे पनि जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.