सिप्रदीले ज्याला मजदुरी गर्दै आएका बाढीपीडितलाई गर्यो सहयोग

  २०८१ असोज १५ गते १७:३९     विकासन्युज

काठमाडौं । सिप्रदीले बाढीपीडितलाई सहयोग गरेको छ । गत साता अविरल वर्षाका कारण देशमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

कम्पनिले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरूलाई दैनिक उपभोग्य सामाग्रीहरू तथा खाद्यान्न सहगोग प्रदान गरेको छ ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू र सिप्रदी अटोपार्टस्का प्रतिनिधिहरूको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरेको कम्पनिले बताएको छ ।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरूको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरू राहत स्वरुप वितरण गर्दै आइरहेको कम्पनिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.