उद्धारमा केही कमजोरी भएकाे बताउँदै ओलीले भने- विपद राज्यको मात्रै नभई सिंगो समाजको विषय हो

  २०८१ असोज १५ गते १८:००     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् ।

मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताए ।

पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरू गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए ।

विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्नेमा जाेड दिए ।

उनले भने, ‘यो बेलामा हामी नेपालीहरू एक हुनुपर्दछ । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । सरकारका केही कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनमा गम्भीरताका साथ लिनुपर्दछ । यो खाली राज्यको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । लापरबाही गर्ने कुरा त कसरी भयो होला र?’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको हुनसक्ने स्वीकार गर्दै अब तीव्रताका साथ अघि बढ्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.