एनसेल फाउन्डेशनले गर्यो कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ४ सयभन्दा धेरै लाभान्वित

  २०८१ असोज १५ गते १९:०५     विकासन्युज

काठमाडौं । एनसेल फाउन्डेशनले कपिलवस्तु जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका- ९, निग्लिहवामा शिविरकाे आयाेजना गरिएकाे हाे । यस शिविरमा ४०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा शिविरकाे आयोजना गरिएको हाे ।

शिविरमा स्थानीयले मुटुरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । साथै आवश्यकताअनुसार निःशुल्क औषधी पनि शिविरमा वितरण गरिएकाे थियाे ।

एनसेल फाउन्डेशनले कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि जनाएकाे छ ।

एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.