न्यादी हाइड्रोको २ लाख कित्ता सेयर बेच्दै अल नेपाल इन्फ्रास्ट्रक्चर

  २०८१ असोज १६ गते ८:४३     विकासन्युज

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर बिक्रीमा राखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गरिनेछ ।

विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका २०७८ को निर्देशन नम्बर ११ अन्तगर्तको सर्वसाधारणलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.