डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको अफरहरू सार्वजनिक

  २०८१ असोज १६ गते ९:५६     विकासन्युज

काठमाडौं । डिसहोमले इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत दुईसय एमबीपीएस र तीनसय एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

यसको अतिरिक्त ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भइ आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लायन्सका सामानहरू, आईटीएल एटण्एस स्मारटफोन, मीभी डुओपड्स टी२० एयरबड्स, र डिसहोम फोरके स्ट्रिमरजस्ता उपहारहरू जित्न सक्नेछन् ।

यति मात्र होइन बम्पर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लायन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको डिसहोमले जनाएको छ ।

डिसहोम ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लायन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मीभी डुओपड्समा ५४ प्रतिशतसम्मको छुट, र फायरबोल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ ।

कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार आजै आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा कम्पनीको नम्बरमा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.