लाभांश पारित गर्न सेयरधनीलाई हाथवे इन्भेष्टमेन्टले बोलायो कात्तिक २५ गते

  २०८१ असोज १६ गते १०:३०     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा डाकेको हो ।

कम्पनीको सभाले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशतका दरले १२ करोड ८७ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले ६७ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुग्नेछ । सोही बमोजिम कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृत गर्ने र नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियूक्तीलाई अनुमोदन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.