घर र गाडी कर्जाको ब्याज ७ प्रतिशतमा झर्याे, व्यवसाय कर्जा पनि ८ प्रतिशत

  २०८१ असोज १६ गते १२:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समय कर्जातर्फको ब्याजदर निरन्तर ओरालो लागिरहेको बेला नेपाल बैंकले ७ प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको कर्जा योजनाहरूमा ब्याजदर ७.७० प्रतिशतमा झारेको हाे ।

बैंकले सर्वसुलभ आवास कर्जा योजनाको ब्याजदर ७.७० प्रतिशत तोकेको हो । ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

५ वर्षदेखि २५ वर्षसम्म भूक्तानी अवधि रहेको यस योजनामा सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट प्रदिनेछ । ५ लाख रुपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

साथै बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदरसमेत घटाएको छ । बैंकका अनुसार कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ ।

व्यावसायिक ग्राहकहरूले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपयुक्त हुन सक्ने बैंकको दाबी छ ।

यस्तै नयाँ गाडी खरिदको अटो कर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकेको छ । अटो कर्जाको भुक्तानी अवधि ५ र ७ वर्ष रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.