आकाश फुड्समा आपूर्ति विभागको छापा, दुई लाख जरिवाना

  २०८१ असोज १६ गते १२:४२     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकाश फुड्समा छापा मारेको छ । छापाका क्रममा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

छापाका क्रममा प्याकेजिङ खुइलिसकेकाे, एकपटक प्रयोग भइसकेको तेल पुन: प्रयोग गरी मिठाइँ उत्पादन भइरहेको भेटिएपछि जरिवाना तिराइएकाे हाे ।

आकाश फुड्स आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी हाे ।

साथै, विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई पनि नगद जरिवाना तिराएको छ । विभागले उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.