भूमि व्यवस्थामन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता, ६० वटा काम सम्पन्न गर्ने उद्देश्य

  २०८१ असोज १६ गते १६:२२     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्री अधिकारीले गत २७ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेबमोजिम अधिकारीले पनि सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

यो आर्थिक वर्षभित्र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण क्षेत्रका ६० वटा महत्त्वपूर्ण काम सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।

मन्त्रालय मातहतका सह—सचिव र विभागीय प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामूहिक प्रयासबाट सम्भव हुने भएकाले आ-आफ्नो तहबाट जिम्मेवार, पारर्दशी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरू बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाइ छ ।

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै विषय कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरू क्रमिकरूपमा समाधान गर्ने र गरिबी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाइ छ ।

सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरू कार्यान्वयनमा लैजानका लागि सम्बन्धित महाशाखा र विभागसँग पनि आफूले कार्यसम्पादन सम्झौता गरी निरन्तर पहलकदमी लिने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.