२०८१ असोज १७ गते १३:३१ विकासन्युज
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पुरानो ट्विटर)को सेयर मूल्य ८० प्रतिशत घटेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई वर्षअघि माइक्रोब्लगिङ साइट ट्वीटर ४४ अर्ब डलरमा किनेका थिए । त्यसपछि उनले यसकाे नाम एक्स राखे । तर, अहिले एक्सकाे सेयर मूल्य झण्डै ८० प्रतिशतले घटेर ४.२ मिलियन डलर कायम भएकाे छ ।
अक्टोबर २०२२ मा यसकाे सेयर भेल्यू १९.६६ मिलियन डलर रहेकाे थियाे । लगानी कम्पनी फिडेलिटीका अनुसार एक्सको सेयरको भेल्यूमा ठूलो गिरावट आएको हाे । यसलाई खरिद गरेपछि मस्कले पब्लिकबाट निजी कम्पनीमा परिणत गरे । जुलाईको तुलनामा अगस्टमा यसको भेल्यू २४ प्रतिशतले घटेको छ ।
फिडेलिटीका अनुसार एक्सको कुल मूल्य अर्थात नेटवर्थ ९. ४ बिलियन कायम भएकाे छ । कम्पनी निजी भएकाले यसका वित्तीय विवरणहरू त्रैमासिकमा सार्वजनिक हुँदैनन् । तर कम्पनीको आम्दानी भने घटेको विश्लेषकहरू बताउँछन् ।
विश्लेषकहरू मस्कले ट्वीटर किन्दा यसको वास्तविक मूल्य लगभग ३० अर्ब डलर थियो । तर, एलनले ४४ अर्ब डलरमा साे कम्पनी खरिद गरेका थिए ।
विज्ञापनदाताहरूको प्राथमिकतामा गुगल
एक्समा युजर्सहरू धेरै भए पनि साेचेअनुसार विज्ञापन भने पाउन सकेकाे छैन । भर्खरैको विश्वव्यापी सर्वेक्षणअनुसार २६ प्रतिशत विज्ञापनदाताहरूले अर्को वर्ष विज्ञापनमा खर्च कटौती गर्ने योजना बनाएका छन् । अब उनीहरूले एक्सभन्दा गुगललाई प्राथमिकता दिनेछन् ।
गत वर्षको नोभेम्बरमा धेरै ब्रान्डले एक्समा विज्ञापन बन्द गरेका थिए । यद्यपि एक्स अझै पनि सामाजिक सञ्जालमा एक प्रमुख खेलाडी बनेको छ ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिमा ५७० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको बताएको छ, जुन एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.