घर जाने टिकट नपाएर यात्रुको बिजोग (फोटोफिचर)

  २०८१ असोज १७ गते १५:२७     विकासन्युज

 

काठमाडौं । नेपालीहरूको महान पर्व दशैं घर आँगनमै आइसकेकाे छ । बिहीबारदेखि घटस्थापना अर्थात् नवरात्र सुरु भइसकेकाे छ ।

दशैं सुरु भएसँगै नयाँ बसपार्कमा यात्रुहरूकाे भीड लागेकाे छ । जागिर, पढाइ, व्यवसाय लगायतका विभिन्न कामका लागि राजधानी पसेकाहरू आफ्नाे जन्मघर फर्किन थालेका हुन् । तर, घर जानका लागि बसपार्क पुगेकाहरूले टिकट नपाएकाे गुनासाे गरेका छन् ।

गत साता परेको अविरल वर्षाका कारण बिग्रिएका राजमार्गहरू खुलाएर नागरिकहरूलाई निर्वाध रूपमा घर जाने वातावरण तय गर्न सरकारले निर्देशन दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.