२०८१ असोज १७ गते १६:४२ विकासन्युज
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् ।
उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरूले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडि बढेको बताए ।
उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वाभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने जानकारी दिए ।
मन्त्री दाहालले अवरुद्ध सडक सञ्जाल सुचारु गर्न प्रयास भइरहेको पनि बताए ।
याे पनि पढ्नूहोस्: ३१ स्थानमा अझै सडक अवरोध, पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
Copyright © 2024 Bikash Media Pvt. Ltd.