हकप्रद सेयर संशोधन पारित गर्न एनएलजीले डाक्यो विशेष सभा

  २०८१ असोज १८ गते ७:१७     विकासन्युज

काठमाडौं । हकप्रद सेयर संशोधन गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १९ बजे सभा बोलाएको हो ।

कम्पनीको सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो ।

तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो । बोनसवापतको सेयर घटाउँदै अब कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

साथै नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर घटाउने प्रस्तावलाई अनुमति दिइसकेको र साधारण सभाबाट पारित गर्ने गरी विशेष सभा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.