आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा छुट

  २०८१ असोज १८ गते ११:२३     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ ।

आईसीएफसी फाइनान्स र बुद्ध एयरबीच भएको सम्झौतामा आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आईसीएफसीको डेबिट कार्ड वा आईसीएफसीको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट आईसीएफसीका ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.