‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा

  २०८१ असोज १८ गते १६:२६     विकासन्युज

काठमाडौँ । ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ ।

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्वको अवसरलाई रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो ।

यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको कम्पनीले बताएको छ ।

भाट-भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार जितेकी छन् । श्रीमती नीता बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गरेका थिए, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए ।

साथै बम्पर पुरस्कारमा एकजना ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन् । साथै, ग्राहकहरूले स्काईवर्थका विभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो योजना कार्तिक ३० लागु हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.