नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम बिस्तार

  २०८१ असोज १८ गते १६:५२     विकासन्युज

काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ ।

नुवाकोटको लागि आधिकारिक डिलरको रूपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो ।

एक समारोहका बीच उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे ।

योभन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए । उनीहरू नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् ।

उद्घाटनको अवसर पारेर भैरवी इन्भेस्टमेन्टले ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको थियो ।

नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रूपमा रहेका छन् । त्यसैगरी, जिहो एई ६ प्लस र एई ८ मोडल उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.