एकैदिनमा जेइको जे सिक्स र ओमोडा ई ५ को १०० युनिट डेलिभरी

  २०८१ असोज १८ गते १८:०३     विकासन्युज

काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयूभी हो ।

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको जेइको जे सिक्सले छोटो समयावधिमा नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ ।

गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जे सिक्सलले प्रभावकारी प्रदर्शन गरेकाे थियाे ।

त्यति मात्र होइन, ओमोडा ई ५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ ।

जेइको जे सिक्समा २ हजार ७१५ मिलिमिटरको ह्विलबेस, १८९ वा १९० इन्चको ह्वील तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स रहेकाे छ । याे गाडी अफरोडका लागि उत्तम मानिन्छ ।

जे सिक्स दुईवटा भेरियन्टमा उपलब्ध छ । पहिलो २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर-ह्वील ड्राइभ र दोस्राे १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्ट ।

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

सिएटीएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाट आवर वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटीसी-रेन्ज प्रदान गर्दछ ।

गाडी ३०५ देखि ८०५ सम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डीसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.