धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर भैरहवा डाइभर्ट, धादिङको आकाशबाट फर्कियो

  २०८१ असोज १८ गते २२:४३     विकासन्युज

काठमाडौं । धनगढी काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ । प्रतिकूल मौसमका कारण धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

धनगढीबाट साँझ ७ बजे काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेर भैरहवा डाइभर्ट भएको जानकारी आएको छ ।

अहिले जहाज भैरहवामै छन् । जहाज धादिङको आकाशबाट डाइभर्ट भएको बुझिएको छ । बुद्ध एयरको यू ४२५६ जहाज भैरहवा विमानस्थलमा हवतरण भएको हो ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.