आइएमई पेको ‘डिजिटल दशैं-तिहार’ योजना, मेगा बम्पर उपहारमा पल्सर बाइक

  २०८१ असोज १९ गते १२:४६     विकासन्युज

काठमाडौं । आईएमई पेले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं- तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ ।

१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजनाअन्तर्गत सेवाग्राहीहरूले आईएमई पेमार्फत गर्ने करोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् ।

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् ।

साथै, सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिंक गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् ।

डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ । विजेता घोषणा आईएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.