दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै

  २०८१ असोज २० गते ६:३६     विकासन्युज

काठमाडौं । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौं खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार १९३ र शनिबार २ सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताउनुभयो । उनकाअनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौ. पठाइएको हो ।

जिउँदो खसी प्रतिकेजीको ५६० रुपैयाँ र बोका प्रतिकेजीको ५४० रुपैयाँको दरमा खरिद गरिएको उहाँले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।

गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.