र्‍याली अफ हिमालयज : रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

  २०८१ असोज २० गते ११:२५     विकासन्युज

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयजको चौंथो संस्करणअन्तर्गत रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् ।

राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको –याली अफ हिमालयाजको चौंथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिब ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो ।

टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा र्‍याली अफ हिमालयजको विजेता छनोट गरिन्छ ।

एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।

ट्रफी प्राप्त गरेपश्चात दीपक साहले आफू नेपालकाे प्रतिनिधित्व गर्दै विजयी बनेकाेमा खुसी व्यक्त गरे ।

उनले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए ।

र्‍याली याली अफ हिमालयज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.