२०८१ असोज २० गते १७:०१ विकासन्युज
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । शनिबार बसेकाे कम्पनीकाे साताैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पास गर्दै लाभांश घोषणा गरेकाे हाे ।
सभामा कम्पनीकाे नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय भएको अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिए । कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको कामसमेत गर्ने योजना बनाएको छ । त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय गरेको छ ।
साथै सोही सभाले आगामी चार वर्षका लागि देवेन्द्रप्रताप शाह, रमेशकुमार भट्टराई, बलराम विष्ट, अजयकुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ । सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्रप्रताप शाहलाई र रमेशकुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.