सानिमा बैंकमा खातावालालाई १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

  २०८१ असोज २१ गते १०:२७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।

दुर्घटनाका कारण मृत्यु भएका भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.