कृषि विकास बैंकको सञ्चालक बने सहसचिव डा. केसी

  २०८१ असोज २१ गते १२:३१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले असोज २० गते बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ ग्रहण गरेको कम्पनीका सचिव हिमलाल पौडेलले जानकारी दिए । डा. केसी हाल कृषि तथा पशुपंक्षी मन्त्रालयको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् । उनी मन्त्रालयको प्रवक्ता समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.