प्रधानमन्त्री उद्धार कोषमा प्रभु समूहको एक करोड ७५ लाख सहयोग

  २०८१ असोज २१ गते १४:४७     विकासन्युज

काठमाडौं । प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कराेड ७५ लाख रुपैयाँ रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ ।

प्रभु समूहअन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्साेरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्साेरेन्स लिमिटेड रहेका छन् ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.