३७ अंकले बढ्यो सेयर बजार, चन्द्रागिरि हिल्सको उच्च कारोबार

  २०८१ असोज २१ गते १५:२४     विकासन्युज

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज ३७.१३ अंकले बजार बढेर २ हजार ६९०.७२ बिन्दुमा पुगेको छ ।

आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक कारोबार भएको छ । ७ अर्ब ९ करोड ५९ लाख ३० हजार बढी रुपैयाँको कारोबार भएकाे छ । यसैगरी, एक सय ७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

त्यसैगरी, ६६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आज श्री स्टार हाइड्रोपावर, डोल्टी पावर कम्पनी, एनआईसी एशिया फ्लेक्सी क्यापिटल फण्ड, जोशी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् भने ईस्ट्रर्न हाइड्रो पावर, कुमारी सबल योजना, विन नेपाल लघुवित्त, जनउथान सामुदायिक लघुवित्त र पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् ।

चन्द्रागिरि हिल्सको २६ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २४ करोड ११ लाख ९८ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख ३२ हजार, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार र गुडविल फाइनान्सको २३ कराड ८ लाख ७० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज होटल समूहको उपसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतल वृद्धि हुँदा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको उपसूचक १.२९ प्रतिशतले गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.