मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा

  २०८१ असोज २१ गते १६:५३     विकासन्युज

काठमाडौं । ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक भएको छ । सूर्य नेपाल भेन्चर्सले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य ५० रुपैँया कायम गरेको छ ।

यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.