सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

  २०८१ असोज २१ गते १७:२३     विकासन्युज

कमलामाई (सिन्धुली) । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा साेमबार दुर्घटना भएको छ ।

आज अपरान्ह ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

अन्य विवरण आउन बाँकी नै रहेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.