बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

  २०८१ असोज २२ गते ११:५३     विकासन्युज

काठमाडौं । अवरुद्ध कान्ती राजमार्ग बुधबार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको हो ।

सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए । उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताए ।

बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरू पनि बगाएको बताए ।

‘हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ ।  भोलि बिहानसम्म यो बाटो खोलिसक्छाैँ’, उनले भने ।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरूले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गरेको बताए । उनले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको जानकारी दिए ।

अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिए । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताए । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको जानकारी दिए ।

‘पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ’, उनले भने ।

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताए । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.