जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमा टिकट खुला

  २०८१ असोज २२ गते १२:२९     विकासन्युज

काठमाडौं । मोबाइल वालेट तथा भुक्तानी सेवाप्रदायक खल्तीले ‘जुबिन नौटियाल लाइभ इन नेपाल’ च्यारिटी कन्सर्टको टिकटिङ खुल्ला गरेको छ ।

‘एन् अटिजम केयर फाउन्डेसन’सँग सहकार्य गर्दै याे च्यारिटी कन्सर्ट गर्न लागिएकाे हाे । कन्सर्टमा जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ ।

कन्सर्ट डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुनेछ ।

कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूकाे हितमा प्रयाेग गरिने जनाइएकाे छ ।

सन् २०१७ देखि सञ्चालनमा आएको खल्तीबाट अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.